गमक पोष्ट समाचारदाता / लहान, २३ जेष्ठ । सिरहा प्रहरीले प्रतिवन्धित लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलिले लहान नपा २० मिलनचौक नजिकबाट सिरहाकै नवराजपुर गापा १ का अन्दाजी ३२ वर्षिय पशुपती यादवलाई ३० बोताल प्रतिवन्धि लागुऔषध डाईलेक्स डिसि सहित पक्राउ गरेको हो ।
पक्राउ परेका यादव लाई ईलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुुसन्धान भइरहेको इलाका प्रमुख डिएसपी डा. तपन दाहालले जानकारी दिए ।






















