कम पोष्ट समाचारदाता / सिरहा, २३ जेष्ठ । सिरहाको लहानमा एक घरमा आगलागी हुँदा लाखौं मूल्यको धनमाल जेलेर नष्ट भएको छ । लहान नपा १७ गोविन्दपुर राम टोलका पुष्पादेवि रामको घरमा आगलागिहुँदा एक लाख नगद सहित करिव ६ लाख मूल्यबरावरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागीबाट भर्खरै श्रीमानले विदेशबाट साहुको ऋणतिर्न पठाएको एकलाख नगद, एक थान ल्यापटप, एसीडी, तीनवटा खसीबाख्रा र घरभित्ररहेको सम्पूर्ण खाद्यान्न तथा लत्ताकपडा जलेर नष्टभएको बताइएको छ ।
घरमा सुतिरहेको बेला राती १२ बेतिर अचानक आगलागी भएको बताइएको छ । दुईछोरी सहित घरभित्र सुतेका पुष्पाले छोरीहरुलाई उठाएर वाहिर निकालेपनि घरभित्र रहेका सवै सामग्री जलेर खरानी भएको बताए ।
प्रहरीले आगलागीको कारण पत्तानलागेपनि विद्युत सर्टभएर फूसको घरमा आगोलागेको हुनसक्ने इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डा. पतन दहालले बताए ।
आगलागी पीडित परिवारलाई दलित जनकल्याण युवाक्लव लहानले खाद्यान्न, त्रिपाल, भाँडावर्तन र सुकुल सहयोग गरेको क्लवका सन्तोष विसुन्केले जानकारी दिए ।






















