गमक पोष्ट समाचारदाता / सिरहा, २३ जेठ । गुर्जाेको चिया र गुर्जाेको विरुवा बाँड्न व्यस्त आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख कमलबहादुर राजलवट यसलाई अझै तिब्र रुपमा निरन्तरता दिदै आएको छ ।
बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय प्रमुख राजलवटले कोरोना संक्रमित, रुघा, खोकी, ज्वरो र फ्लु भएका बिरामीहरुलाई घरमै पुगेर गुर्जाेको चिया र बिरुवा वितरण गर्दै आएका छन् ।
रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विमा उपयोगी हुने गुर्जाे सहितको धुलो औषधी तथा गुर्जाे चिया÷काँढा आयुर्वेद चिकित्सक तथा विज्ञहरूको परामर्शमा तयार पारेर नेपाल अधिराज्यको २० भन्दा बढी जिल्लामा ११० भन्दा बढी सेवा प्रवाहका स्थानहरू निःशुल्क वितरण गरिएको प्रमुख राजलवटले बताए ।
विश्व वातावरण दिवसको अवसर पारेर राजधानीको मनहरा खोला किनारमा सफाई अभियानमा खटिएका अभियानकर्मीसँग मिलेर गुर्जाेरोपण समेत गरिएको प्रमुख राजलवटको भनाई छ ।
उक्त कार्यक्रममा गुर्जाेरोपणका साथै सहभागीहरूलाई गुर्जाेको चिया खुवाउनुको साथै गुर्जाेको चिया प्याकेट, धुलो औषधी तथा गुर्जाेको बेर्ना समेत वितरण गरिएको उहाँले बताए ।
यस अघि कोरोना संक्रमित बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको ललिलतपूरको सुनाकोठीस्थित उहाँको निवासमै पुगेर श्रेष्ठसहित उनको ५ जना परिवारलाई गुर्जाेको चिया समेत प्रमुख राजलवटले खुवाएका थिए ।
संक्रमित भएका बेला संक्रमित व्यक्तिलाई अन्य कुरा भन्दा काउन्सलिङ्ग तथा मनोवल उच्च पार्न सक्ने वातावरण आवश्यक रहेको उनको कथन छ ।
गुर्जाे चिया÷काँढा तथा धुलो औषधीको सेवाका स्थान अझै विस्तार हुने क्रममै रहेको र नेपाल अधिराज्य भरि पुर्याउने उनको अठोट छ ।
गुर्जाेले नागरिकहरुको स्वास्थ्यमा पार्ने प्रभावका साथै त्यसको प्रयोगका बारेमा राजलवटले कार्यक्रममा करका विषयसँग जोडेर जानकारी गराउँदै गुर्जाेको नियमित सेवन गर्नेहरु बिभिन्न रोगबाट मुक्त हुने बताए ।
प्रमुख राजलवटले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, कर्मचारीहरु, योग गुरु तथा स्वामीहरु, अस्पतालमा उपचारार्थ विरामीहरु, कोरोनाको समयमा संक्रमित ब्यक्तिहरु, आईसोलेसन तथा क्वारेन्टाईनमा रहेका विरामीहरुलाई गुर्जाेको चिया खुवाएको थियो ।
शरिरमा हुने हरेक खालका रोगहरुसँग लड्न सक्ने शक्ति प्रदान गर्ने गुर्जाेको महत्व, प्रयोग गर्ने तरिका र त्यसका फाईदाका बारेमा राजलवटले कार्यालयमा आउने सेवाग्रहिलाई समेत बुझाउँदै आएको छ ।






















