गमक पोष्ट समाचारदाता / सिरहा, २२ बैशाख । सिरहामा आज कोभिड १९ का ४५ जना नयाँ सङ्क्रमित थपीएको छ । दोस्रो लहरपछि हालसम्म ५ सय ३ पुरुष र एक सय २६ महिला सहित ६ सय ९४ जनाको परीक्षण गर्दा एक सय २६ पुरुष र ४७ महिला सहित एक ७४ जनामा कोरोना सङ्क्रमण देखिएको हो । जसमध्ये गोलबजार नगरपालीकाकोमात्र ५४ जना सङ्क्रमित रहेको बताइएको छ ।
जसमध्ये ११ जना निको भईसकेका छन् । १९ जनाको अस्पताल आईशोलशनमा सामान्य उपचार भईरहेको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । जसमध्ये ४ जनाको मृत्यु भएको छ ।






















