गमक पोष्ट समाचारदाता / सिरहा, २२ बैशाख । कोभिड १९ को दोस्रो सङ्क्रमण फैलिएसँगै जिल्ला कारागारले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ । बाहिरबाट आएका व्यक्तिहरुसँगको भेटघाट र उनीहरुले दिनेसामाग्रीहरुबाट गारागारभित्र सङ्क्रमण फैलिनसक्ने भन्दै भेटघाटमा रोक लगाएको हो ।
कारारगार प्रमुख बबिता महतोले सिरहामा पनि दिन दिनै सङ्क्रणसंख्या बडिरहेकाले कारागारभित्र पनि सङ्क्रमण फैलन सक्ने भएकाले तत्काललाई भेटघटमा रोक लगाएको जनाए । उनलेभने, ‘अहिले बाहिरबाट आउने आफन्तबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने भएकाले कारागार प्रशासनले भेटघाट रोक लगाएका छौं ।’
भेटघाट बन्दसँगै बाहिरबाट ल्याउने कैदीबन्दीलाई समेत भित्र लान रोक लगाइएको कारागार प्रमुम महतोले जानकारी दिए । उनले बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी भाकाबाहेक अन्य कैदीबन्दी नपठाउन भनेका छौं, जिल्ला अदालतबाट ल्याइएका कैदीबन्दीको पनि कोरोना परीक्षणपछि मात्र राख्ने गरिएको उनले जानकारी दिए । जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ ।
उनले कारागारमा कोरोना सङ्क्रमण फैलन नदिनका लागि उच्च सतर्कता अपनाएको जनाए ।
पहिलो चरणको कोरोना सङ्क्रमणका समयमा विसं २०७६ साल चैत ८ गतेदेखि बन्द गरिएको भेटघाट २०७७ साल माघ २६ गतेमात्र खोलिएको थियो । भेटघाट बन्द गरिएसँगै कारागार कार्यालयमा कोरोना सङ्क्रमण फैलन पाएको थिएन ।
कारागार कार्यालयमा अहिले क्षमताभन्दा तीनगुणाबढी कैदिबन्दि रहेका छन् । १५ महिला र १ पुरुष ३५ पुरुषको क्षमता रहेको कारागारमा अहिले पाच सय ८१ जना कैदीबन्दी रहको कारागार प्रशासनले जनाएको छ । जसमध्ये ५ सय ५५ पुरुष, २३ महिला र उनीहरुसँग आश्रित तिन जना बालबालिका रहेका छन् । यहाँ रहेका कैदीबन्दी मध्ये ४ सय ८१ ले कोरोनाविरुद्धको दोस्रो चरणको खोप र ४१ नजाले पहिलो चरणको समेतखोप लगाइसकेको बताइएको छ ।























