गमक पोष्ट समाचारदाता / काठमाडौं, १० बैशाख । गृहमन्त्रि रामबहादुर थापा बादलको राष्ट्रिय सभाको सांसदको पदको लागि निर्वाचन आयोगले जेठ ६ गते उपचुनाव गराउने भएको छ । नेपाल सरकारले गरेको बैशाख ६ गतेको निर्णयानुसार थापाको रिक्त पदको बाँकी अवधिको लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ ।

election-commision
उक्त उपनिर्वाचनको लागि राजनीतिक दलहरुलाई यहि बैशाख १० गतेदेखि १४ गतेसम्म दल दर्ताको लागि समेत आह्वान गरिएको छ ।
सर्वोच्च अदालतको आदेशपछि तत्कालीन नेकपा साबिक एमाले र माओवादीमा परिणत भएपछि माओवादी केन्द्रका सांसद रामबहादुर एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रले कारबाही गरेपछि थापाको सांसद पद गुमेको हो ।