सिरहा, ३० चैत । सिरहाका बिभिन्न ठाउँहरु तास र जुवा अड्डा बन्न लागेको छ । पूर्वपश्चिम राजमार्ग रहेको गाउँ क्षेत्रका धेरै बगैंचा, व्यक्तिका घर तथा होटलहरुमा लाखौं रुपैयाँ हारजित हुनेगरी तास जुवा खेल्ने गरेको हो ।

गोलबजार आसपासका साना आँप बगैचा, घर तथा होटलमा दिउँसै लाखौं रुपैयाँ हारजीत हुनेगरी तास जुवा खेल्ने गरेको बताइन्छ । गोलबजा्को गोरु बजार, धनाबत बिडि फ्याक्टरी, रहरी बारी, नरहा गाउँ पालिकामा रहेको खोरिया टोल भन्दा पिछाडि आँपको वगैंचामा लाख भन्दा माथिको हार्जित हुने गरेको स्थानीयले बताए ।

उनीहरुले ठाउँ फेरी फेरी खेल्ने गरेको पनि वताइएको छ । यसरी गाउँ नजीकै आएर तास जुवा खेल्दा गाउँका बच्चाहरुलाई असर पर्ने स्थानीयको भनाई रहेको छ । उनले यसरी लाखौंको हारजितहुनेगरी ताज जुवा खेल्दा पनि स्थानीय प्रहरी प्रशासनले ध्यान नदिएको आरोप लगाए ।