गमक पोष्ट समाचारदाता
काठमाडौं, २२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले जिजल, पेट्रोल र मट्टीतेलको मूल्य दुई–दुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जनाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
मूल्य समायोजनपछि पनि निगमले १५ दिनमा ८८ करोड रुपैयाँका दरले घाटामा रहेको उनको दाबी गरेको छ ।






















