सुरेश राय


सिरहा, १९ फागुन । व्यसायीका सवैखालका समस्याहरुको विषयमा बसेर छलफल गर्न आफू तयार रहेको बताएको कानुन, न्याय तथा संसदिय मामिला मन्त्री लिलानाथ श्रेष्ठले बताएको छ । ‘समृद्धिको आधार कृषि, उद्योग, पर्यटन र व्यार’ भनने नाराका साथ आज जिल्ला उद्योग वाणिज्य संघ, सिरहाको स्वर्ण जयन्ति तथा ३२ औं साधारण सभाको उद्घाटन गर्दै मन्त्रीश्रेष्ठले देश विकासमा व्यसायीहरुको महत्वपूर्ण योगदान रहेको भन्दै उनीहरुका सवैखाले समस्या समाधानका विषयमा आफ्नो मन्त्रालय छलफल गर्न तयार रहेको बताएको हो ।

LAHAN
मन्त्री श्रेष्ठले कतिपय कानुनले व्यसायीहरु अपठ्यारोमा परेको हो भने आफू तालुकवाला मन्त्रालयको हिसावले महासंघका प्रतिनीधिहरुसँग बसेर छलफल गर्न जुनसुकैबेला बस्ने प्रतिवद्धता जनाए । उनलेभने, ‘महासंघका केन्द्रिय प्रतिधिहरुले मलाई छलफलको लागि बोलाउनुहोस्, म वस्न तयार छु ।’
भारतीय सीमाक्षेत्रका बजारसम्म नेपाली उत्पादन विक्रिको बातावरण नरहेको भन्ने व्यसायीहरुको गुनासोमा मन्त्री श्रेष्ठले तत्काल बातावण बनाउन स्थानीय प्रशासनलाई निर्देशनदिए । उनले नेपाली उत्पादन विदेश पठाउन सकेमात्र यहाँको विकास हुने भएकाले स्वथानीय प्रशासनले त्यसलाई व्यवस्थित गर्नुपर्ने बताए ।
लहान नगरपालिकाका मेयर मुनी साहले उद्योग व्यसायको विकासमा आफ्नो तर्फबाट गर्नुपर्ने सवैखालको सहयोग गर्न तयार रहेको बताए । लहान नगर व्यवसायकोलागि अति राम्रो ठाउँमा रहेको भन्दै यहाँ सवै खालका उद्योग व्यसायको सम्भावना रहेको बताए ।
उद्घाटन मन्तव्यकै क्रममा उद्योग वाणिज्य महासंघका उपाध्याक्ष दिनेश श्रेष्ठले पछि वनेका कानुले व्यसायीहरु मर्कामा परेको बताए । उनले पछिलो पटक व्यवसायगर्ने वातावरण नै नहुने गरी व्यवसायीले प्रयोग गरेको ढक–तराजू ३५ दिनभित्र सरकारी निकायबाट रुजू नगराए ५० हजार जरीवाना र ३ देखि ६ महिनासम्मको कैद सजायले व्यापार गर्ने वातावरवण नरहेको बताए ।
उनले व्यवसायीहरुले त्यसको रुजु गर्ने निकायपनि पायकपर्ने ठाउामा नहुने र कानुनले अपराधीलाई जस्तो व्यवहार गर्ने वातावरण वनेको बताए ।
सोही क्रममा उपाध्यक्ष श्रेष्ठले व्यसायको प्रकृति अनुसार एकै ठाउँमा दर्ता गरेर काम गर्ने नीति नीयम वन्नु पर्ने पनि बताए । उनले एउटै व्यसायीले केन्द्र, प्रदेश र स्थानीय तहमा पनि दर्ता गर्नुपर्ने व्यस्था खारेजीको माग गरे ।
जिल्ला उद्योग माणिज्य संघका अध्यक्ष अशोकलाल अमात्यले भारतीय सीमाक्षेत्रका नेपाली बजारमा नेपाली उत्पादन पुर्याउन पाउनुपर्ने बताए । उनले रक्सी, अन्य देशबाट आएका सामानहरु पउनुपर्ने जिकिर गरे ।
सो क्रममा व्यसाय तथा अन्य माध्येमबाट सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गरेका थिए ।