गमक पोष्ट समाचारदाता
सिरहा, १४ फागुन । वन कार्यालयले सिरहाको धनगढीमाई नपा १४ सोमबारेबाट भारीमात्रामा सालको चिरान बरामद गरेको छ । डिभिजन वन कार्यालय लहान र सव डिभिजन वन कार्यालय धनगढीबाट खटिएको सशस्त्र वन कर्मचारीहरुको समूले वेवारिसे अवस्थाका ४७.६९ धनफिट ५४ थान चिरान आज विहान बरामद गरेको हो ।
चुरेक्षेत्रबाट दक्षियातर्फ ल्याईरहेको विशेष सुचनाको आधारमा सव डिभिजन वन कार्यालय घनगढीका प्रमुख सहायक वन अधिकृत भोला रायको कमाण्डमा खटिएको सशस्त्र वन कर्मचारीहरुले काठ बरामद गरेको डिभिजन वन प्रमुख सुभासचन्द्र दासले जानकारी दिए ।
वन कर्मचारीलाई नजीकै आएको जानकारी पाएपछि उनीहरु काठ छोडेर भागेको हुन सक्ने प्रमुख दासले जानकारी दिए । बरामद काठ सव वन डिभिजन कार्यालय लहानमा ल्याएर आवश्यक अनुसन्धान भईरहेको बताए ।