सुरेश राय
सिरहा, १२, फागुन । शिक्षाको तलव तत्काल उपलब्ध गराउन माँग गर्दै विद्यार्थीले विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेकाछन् । आफ्ना शिक्षकहरुले करिव एक वर्षदेखि तलव नपाएको भन्दै जनता माध्यमिक विद्यालय लक्ष्मीपुर पतारी गापा ५, खरुक्याहीका विद्यार्थीहरुले आफ्नै विद्यालय र वडा कार्यालयमा तालावन्दी गरेका हुन् ।
निजी श्रोतका ४ जना शिक्षकहरुले गत चैतबाटै तलव सुविधा नपाएर ‘पेन डाउन’ गरेपछि विद्यार्थीपनि शिक्षकको समर्थनमा तालाबन्दीमा उत्रेका बताइएको छ । विद्यार्थीहरुका अनुसार तलव नपाएको भन्दै शिक्षकहरु विद्यालय आएपनि पठन पाठन गराउन सक्रिय नहुँदा हामीले विद्यालयमै ताला लगाइदिएको बताए ।
कक्षा १० मा अध्ययनरत अन्सु यादवले लकडाउन पछि विद्यालय खुलेपनि राम्रो पठन पाठन नभएको बताए । उनले विद्यालय त खुल्य, विभिन्न भेला तथा छलफल र शिक्षकले तलव नपाउँदा पठन पाठन नै अवरुद्ध हुदै आएको सुनाए । उनलेभने, ‘कहिले शिक्षकलाई तलव ख्वाउने विषयमा, कहिले व्यवस्थापन समिति गठनको विषयमा हुने छलफलले विद्यालयको पठन पाठन अवरुद्ध हुँदै आएको हो ।’
विद्यार्थीहरुले आफ्ना शिक्षकहरुलाई तत्काल तलव उपलब्ध नगराए गाउँ पालिका कार्यालयमै तालबन्दी गर्ने चेतावनी दिए । तालाबन्दीका कारण तीन दिनदेखि विद्यालयको पठन पाठन अवरुद्ध भएको छ ।
शिक्षकहरुले पनि तलव खान नपाएपछि पढाउने जाँगर कम भएको स्वीकार गरे । विद्यालयका नीजि स्रोतका शिगक उमेश कुमार चौधरीले विहान देखि बेलुकासम्म कामगर्यो, साथमा मोवाईल रिचार्ज गर्ने पैसापनि नभएपछि कसरी पढाउने जाँगर चल्छ ? प्रतिप्रश्न गरे ।
निजी स्रोतकै अर्का शिक्षक शिवनारायण यादवले विद्यालयले लामो समयसम्म तलव नख्वाउँदा घरखर्च चलाउनै समस्या भएको भन्दै यस्तो अवस्थामा कामगर्ने जागर मरेर गएको सुनाए ।
विद्यालयका निमित्त प्र.अ. अरुण कुमार यादवले हामीले हाम्रा शिक्षकहरुको तलवका विषयमा गाउँ पालिकालाई पटक पटक लिखित अनुरोध गर्दा पनि वास्ता नगरेको बताए । उनलेभने, ‘हामीले शिक्षकको तलवको लागि पटक पटक लिखित अनुरोध गर्यौं, सुनवाई नभएपछि बाध्य भएर पठन पाठन नै अवरुद्ध गर्ने अवस्था आयो ।’
यता वडा अध्यक्ष महेन्द्र साहले शिक्षकहरुलाई तलव ख्वाउने विषयमा आफूले गाउँ पालीकासँग समन्वय गरिरहेको जनाए । उनलेभने, ‘मैले गाउँ पालीकासँग समन्य गरिरहेको छु, विभिन्न कारणवस भईरहेको थिएन अव चाँडै शिक्षकहरुले तलव पाउनुहुन्छ ।’
स्थानीय र शिक्षकहरुले तलव ख्वाउन नसक्ने हो भने विद्यालय घटुवा गर्न समेत लागेको वडाअध्यक्ष साहले बताए । उनलेभने, ‘सवै दलका प्रतिनीधिहरु बसेर विद्यालय आधारभुतमै झार्ने निर्णय गरेका थिए मैले मानिन ।’ अव जसरी भएपनि शिक्षहरुलाई तलव ख्वाउने बताए ।
गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमित्रा लामाले गाउँ पालीकाले आन्तरिक स्रोतबाट तलव ख्वाउने गरी योजना बनाई रहेको बताए । ५ नम्वर वडामै रहेको पोखरीहरु ठेक्का प्रकृयामा रहेको पनि विवादका कारण लाग्न नसकेको बताउँदै प्रमुख लामाले अन्य स्रोतबाट भएपनि शिक्षकहरुलाई तलव भत्ता व्यवस्था गर्ने सल्लाह भईरहेको सुनाए ।
उनलेभने, ‘अध्यक्ष जी विशेष कामले जिल्ला जानुभएको छ, हामी सल्लाह गरेर पछि सोधभर्ना हुनेगरी अन्य स्रोतको रकम भएपनि शिक्षहरुलाई दिनेसल्लाह भईरहेको छ ।’
प्रशासकिय प्रमुख लामाले विद्यालयलाई व्यवस्थित वनाउन दरवन्दी शिक्षक पनि माग भएको सुनाए । उनलेभने, ‘सधै यसरी पालीकाले पैसा हाल्न सक्ने अवस्था हुँदैन, त्यसैले हामीले दरवन्दी नै माग गरेका छौं ।’
एक देखि १० कक्षा सम्म पठन पाठन हुने विद्यालयमा ८ सय विद्यार्थी अध्ययन रत रहेका छन् । शिक्षक भने प्रा.वि. तर्फका ३ जना स्थायी दरवन्दी, २ जना राहात र ४ जना निजी स्रोतका गरी ९ जनामात्र रहेका छन् । त्यसमा पनि समयमा तलव सुविधा नपाउँदा शिक्षकहरु निरास भएका छन् ।