गमक पोष्ट समाचारदाता
सिरहा, १० फागुन । बालक अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले आफ्नै काबासहित दुईजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा आज पत्रकार सम्मेलनगरीे सिरहा नपा १ डुम्वाखत्ताका प्रदिप यादवको २ वर्षिय छोरा प्रियान्सु यादव अपहरणमा संलगन रहेको अभियोगमा प्रहरीले काका नाता पर्ने कुलदिप यादव र सिरहा नपा १५ सुखचैनाका २३ वर्षिय भरोसी यादवलाई नियन्त्रयामा लिई सार्वजनिक गरेको होे ।
अनुसन्धानको क्रममा प्रियान्सुको काका कुलदिप यादवकै योजनामा बालक अपहरण भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी शालिग्राम शर्माले जानकारी दिए । कल ट्रेशिङ र अन्य अनुसन्धानको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
भारतीय कन्सुलर पार्टससँग समन्वय गरी भारत विहार प्रदेशको मधुवनी जिल्ला खाजेडीबाट माघ २० माघमा अपहरणमा परेका बालकको २३ गते उद्धार गरी आमा संजिता यादवको जिम्मा लगाएको थियो ।
पक्राउ परेका उनीहरुलाई हिजो आइतबारै जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरिर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरीएको छ । अपहरणबारे अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।