गमक पोष्ट समाचारदाता
बर्दिवास, २४ माघ । प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिकाबाट नक्कली नोटसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । जलेश्वर नपा १ को सडकबाट ५ सय दरका १३ हजार ५ सय नक्कली नेपाली नोट सहित भारतको सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर २ का ३५ वर्षीय साबिर अंसारी र सितामढी ग्राम पठनपुर १४ का ४२ वर्षीय जियाउल अंसारी पक्राउ परेका हुन ।
प्रहरीले उनीहरुको साथबाछ ५ सय दरका २७ थान नक्कली नेपाली नोट, बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा नक्कली नोछ सहित शुक्रवार नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरुको साथबाट नेपाली नगद १६ हजार रुपैयाँ र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । दुवै जनामाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीको भनाई छ ।