गमक पोष्ट समाचारदाता
सिरहा, २३ माघ । सिरहाबाट मंगलबार वेलुका अपहरणमा परेका बालक विहिवार अवेरमात्र प्रहरीले भारतबाट सकुशल उद्धार गरेको छ । बेलामंगलबार बेलुका सिरहा नपा १ डुम्वाखत्ताका प्रदिप यादवको २ वर्षिय छोरा प्रियान्सु यादव आफ्नै घरबाट अपहरणमा परेका उनलाई भारतको विहार मधुवनी खाजेडीबाट विहिवार राती उद्धार गरेका हुन् ।
भारतबाट ल्याएका बालकलाई राती नै उनका बुबाआमाको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार भारतीय प्रहरीको सहयोगमा बाललाई फेलापारी आमा संगीता कुमारी यादवलाई जिम्मा लगाइएको हो ।
प्रहरीले बालकलाई बेवारीसे अवस्थामा फेला परेको बताएको छ । अपहरणकारीहरुले प्रहरी आएको सुँइको पाएपछि बालकलाई छोडेरभागेको अनुमान गरेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले व्यक्ती गत रिसिविका कारण नजीकैको व्यक्तिहरुले बाललाई त्यसरी लगेको हुनसक्ने बताएपनि अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरीले भने अझै पनि अपरहण नभई हराएको भनीरहेको छ ।
खोजतालासको क्रममा आफन्तहरुले नै बालक रहेको स्थानको सूचना प्रहरीलाई दिएपनि नेपाल भारत दुवैप्रहरीको सहयोगमा बालक भेटिएको बताएको छ ।