गमक पोष्ट समाचारदाता
सिरहा, २२ माघ । नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण सिरहाको जनजीवन प्रभावित हुन पुगेको छ । बन्दका कारण दिनभरीजासो लामो तथा छोटो दुरीका सवारी साधान चल्न सकेन ।
एम्वुलेन्स, सुरक्षा कर्मी, तथा अतिआवश्यक सवारीसाधनबाहेक कुनैपनि समावरी साधान दिनभरी चल्न सकेन । बन्दका कारण यहाँका सम्पूर्ण विद्यालय, कल काखाना, निजी बैंकहरु तथा बजारहरुबन्द रहेके छन् ।
नेकपा केपी शर्मा ओलीले भोली २३ गते काठमाडौंमा आयोजना गरेको शभालाई प्रभावित गर्नेगरी आह्वान गरेको नेपाल बन्दका कारण सिरहाको पश्चिमी सीमाना बन्दीपुरमा सयौंको संख्यामा सावरी साधान रोकीएर रहेको जनाएको छ ।
त्यसैगरी, आन्दोलनकारीको अवरुद्धको कारण जिल्लाका मिर्चैया, चोहर्वा, गोलबजार, लहान लगायतका बजारहरुमा ट्रक तथा मालबाहक गाडीहरु रोकीएर रहेको छ । लहान प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । बन्दकर्ताले चल्दै गरेको ट्रकमा ढुङ्गा प्रहार गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
आन्दोलनको क्रममा चलेका दर्जन बढी सावारीसाधानका सिसा फूटेको छ । प्रहरीले भने समग्रमा स्थिति समान्य रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले रात्री बसहरु सवै विहानै छिरेको र बाँकी जनजीवन सामान्य रहेको बताए ।
आन्दोलनकारीहरुको समूह जिल्लाका प्रत्यक चोकहरुमा बसेरका थिए । आम हड्ताल सफल बनाउन गोलबजारमा पूर्वमन्त्री तथा केन्द्रीय नेता विश्वनाथ साह, प्रदेशसभा सदस्य जगत यादव लगायत सयौं नेता कायस्कताहरु दिनभर सडकमा बसेका थिए ।
नेकपा दहाल–नेपाल समूहका केन्द्रीय सदस्यसमेत रहेका धनगढीमाई नगरपापलिकाका मेयर हरीनारायण चौधरी, मिर्चैया नगरपालिकामाका मेयर श्रवण यादव, कर्जन्हा नगरपालिका मेयर गंगा पासमान आफै बन्द गराउन सडकमा उपस्थित भएका थिए । उनीहरुले आजको आन्दोलन शानदार ढङ्गले सम्पन्न भएको जनाएको छ ।
प्रतिगमनको विरुद्ध बाध्यताले पार्टीले गरेको आन्दोलनमा सम्पूर्ण जनसमुदायले समर्थन जनाएको समेत बताए ।
आन्दोलनकारीहरुले ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए ।