गमक पोष्ट समाचारदाता
सोलुखुम्वु, १७ माघ । सोलुखुम्बुमा आगलागीमा परी दुई जना बालवालिकाको मृत्यु भएको छ । नेचासल्यान गाउँपालिका २ सल्यानका टेकबहादुर निरौलाको मचानमा आगलागी हुँदा उनको सात वर्षिय नाति सुगम र पाँच वषकी नातिनी गृष्मा निरौलाको मृत्यु भएको हो ।
घाँस राख्न बनाइएको मचानको माथिल्लो तलामा घाँस लगायतका सामाग्री राखिएको र तल्लो भागमा आगो बाल्ने गरेकाले त्यहीबाट लागेको आगोले दुवैको मत्यु भएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिए ।
त्यही ठाउँमा बालवालिकाले आगो बाल्दा आगलागी भएको बताइए पनि आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।