मुकेश कुमार यादव / सिरहा १३ माघ । सिरहाको गोलवजार नगरपालिका ९ वडा कार्यलयले जेहेन्दार छात्रछात्रालाई साइकल वितरण गरेको छ । विद्यार्थीको मनोवल उच्च वनाउन वडा कार्यालयले जनता माध्यमिक विद्यालय डण्डामा ११ कक्षामा अध्यनरत २१ जना लाई साइकल वितरण गरेका हुन् । भौतिक संरचनाको विकासलेमात्र समग्र विकासको प्रतिनिधीत्व नगर्ने भन्दै वडा अध्यक्ष रामपुकार कमतिले शैक्षिक विकासमा पनि लगानी आवश्यक रहेको बताए । उनले आवश्यतmा अनुसार पूर्वाधार निमार्ण गर्न सकिन्छ तर हामिले भौतिक संरचना तर्फ ध्यान केन्द्रि नगरि विद्यार्थीको सर्वाङ्गीण विकासलाई पनि ध्यान दिनुपर्ने वडा अध्यक्ष कामतिले बताए । उनले गुणस्तरिय शिक्षा आजको आवश्यतmा रहेकोले शिक्षकहरुले विद्यार्थीको मनोभावना अनुरुप शिक्षण सिकाई प्रति जोड दिनुपर्ने जनाए ।
हामिले विगतमा गरेका कमिकमजोरिहरुलाई सुधार गर्ने प्रण लिएर अगाडि बढे अवश्यनै साइकल वितरण गरेको उपलब्धि हुन सकने अध्यक्ष कामतिको भनाई थियो । उनले ठूला भवन, विद्यार्थीलाई साइकल दिएरमात्र शिक्षामा सुधार सम्भव नभएको भन्दै शिक्षकहरुले पनि आफूलाई समय अनुसार परिमार्जन गर्दै जानुपर्नेमा जोड दिए । ‘समाजिक सद्भाव र संस्कारीक शिक्षा, छोरीलाई शिक्षा आजको आवश्यकतmा’ भन्ने मुलनाराका साथ वडा कार्यालयको सहयोग तथा जन्ता माध्यमिक विद्यालययको आयोजनामा साइकल वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडा नंं ९ का वडा अध्यक्ष रामपुकार कामति, अतिथि वडा न.१० का अध्यक्ष देवनारायण महतो, स्थानिय वुद्धिजिवि पत्रकार तथा अभिभावकहरुको उल्लेखिय सहभागिता रहेको थियो ।