मुकेश कुमार यादव/सिरहा, १५ माघ । शिक्षक, विद्यार्थी तथा समूदाय विचको परस्पर सम्बन्धबाट शैक्षिक गुणस्तर सुधार गर्न सकिने पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएको छ । सिरहाको धनगढीमाई नगरपालिकाले विहिवार आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्दै पूर्व मन्त्री पोखरेले गुणस्तरीय शिक्षाको लागि शिक्षक, विद्यार्थी र अभिभावकविच समन्वय र सहकार्य जरुरी भएको बताएका हुन् ।
‘शिक्षाको प्रसार एवम सवलीकरण, व्यवसायिक र गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा सम्मेलन’ भन्ने मुल नाराकासाथ आयोजित सम्मेलनमा पूर्व मन्त्री पोखरेलले समुदायमा शिक्षाप्रति अझै दायित्व बोध नहुँदा शैक्षिक गुणस्तर कमजोर भएको बताए ।
पूर्वमन्त्री पोखरेलले अझैपनि विद्यालय व्यवस्थापन समिति राजनीतिक गर्ने थलोको रुपमा बुझ्दा शिक्षाको विकास कमजोर भएको बताए । उनले विद्यालयलाई स्वायत्त रुपमा छोड्नुर्ने भन्दै समस्या परेका बेला समस्या समाधान गर्ने र शिक्षक, प्रधानाध्यापकको कुरा धेरैभन्दा धेरै सुनेर समाधानको बाटो पहिल्यान स्थानीय तहले सहयोग गर्नुपर्ने बताए ।
गुणस्तरीय शिक्षाको लागि गुणवान शिक्षका पहिलो सर्त भएको भन्दै मन्त्री पोखरेलले योग्य शिक्षक, विद्यार्थी र अभिवाक वा समुदायसँगको सहकार्यमा विद्यालय शिक्षामा सुधार ल्याउन सकिने बताए । उनलेभने, ‘हामीसँग अझैपनि गुणस्तरीय शिक्षक अभाव छ, भएका शिक्षकहरुले नै आफूलाई समय अनुसार बदल्दै शिक्षामा सुरगर्नु पर्छ ।’
सोही क्रममा मन्त्री पोखरेलले अव विद्यालयहरु प्रविधिमैत्री नभई शैक्षिक गुणस्तर र सुशासन कायम हुन नसक्ने मन्त्री पोखरेले बताए । उनलेभने, ‘आज पनि बेरुजु शिक्षा क्षेत्रको ठूलो समस्या भएको भन्दै गुणस्तरीय शिक्षा र सुशासन कायम गर्न विद्यालयलाई प्रविधिमैत्री बनाउनै पर्छ ।’
विद्यालय समाजिक रुपान्तरणको थलो भएको भन्दै यहाँका राम्रा प्राक्टिसहरु गर्न सकिने पोखरेलले बताए । उनले समाजमा व्याप्त रहेको बोक्सी, दहेज , छुवाछूत जस्ता कुरिती बिद्यालयले नै हटाउन सक्ने बताउ । वउनले त्यसको लागि शिक्षकहरुले भूमिका महत्वपूर्ण हुने उनको कथन रहेको छ ।
नगरक्षेत्रभित्रका विशेषगरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुद्रिढिकरण गर्ने उद्देश्यले आयोजित नगर शिक्षा सम्मेलनमा शिक्षाविद् विमल फुँयालले ज्ञान, विज्ञान र शिक्षाले समाजलाई अगाडी बढाउने हो यो सहि नभए सवै खराव हुने बताए । उनले शिक्षामा सुधारको लागि समाजलाई पनि सँगसँगै लिएर अगाडी बढ्नुपर्ने सुनाए ।
हामीले विद्यालय शिक्षालाई समाज, अर्थतन्त्र र संस्कृतिसँगै जोडेर अगाढी बढ्नुपर्नेमा शिक्षा विद फूल्यालले जाड दिए । शिक्षालाई सुधार्छु भनेर एकलै जतिसुकै जोडबल गरेपनि त्यो सहि ठाउँमा नपुग्ने उनको भनाई रहेको छ ।
सोही क्रममा शिक्षाविदहरु पूर्ण दवारी, नन्दकुमार थापा, लगायतले गुणस्तरीय शिक्षाको बारेमा आ–आफ्नो भोगाई तथा धारणाहरु राखेका थिए ।
धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न नगर शिक्षा सम्मेलनमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, शिक्षा शाखा प्रमुख तथा सम्वन्धित शाखाका कर्मचारीको उपस्थिति रहेको थियो ।
सम्मेलनले बाट २५ बुँदे ‘नगर शिक्षा घोषणा पत्र २०७७’ जारी गरिएको छ ।
नगर क्षेत्रमा ३३ सामुदायिक, २३ संस्थागत ६ धार्मिक विद्यालयहरु रहेको शिक्षा शाखाले जनाएको छ । सम्मेलनमा नरक्षेत्रका सवै विद्यालयका शिक्षक, जनप्रतिनीधि, पत्रकार तथा शिक्षाप्रेमीहरुको सहभागीता रहेको थियो ।