गमक पोष्ट समाचारदाता
सिरहा, १४ माघ । प्रहरीले प्रतिवन्धित आगुपदार्थ ब्राउन सुगर सहित नरहा गापा ३ चोहर्वाबाट एक युवकलाई नियन्त्रणमा लिएको छ । विक्रिको लागि राखिएको भन्ने विशेष सुचनाको आधारमा प्रहरीले बुधबार अपरान्ह स्थानीय कृष्णकुमार महतोलाई ३ सय २० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
महतोले लागु औषध बिक्री बितरण गर्नको लागि साथमा बोकी राखेको छ भनी गोप्य सुचनाको आधारमा प्रदेश नम्वर २ प्रहरी कार्यालय जनकपुरको विशेष टोली र इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटी गएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट सेतो र रातो रंगको प्लाष्टिकको १४ पोकामा रहेको ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी शालिग्राम शर्माले जनाए ।
महतो सहि नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।