गमक पोष्ट समाचारदाता
सिरहा, १३ माघ । स्वस्थ्य चौकी गोलबजारमा एक दिवसिय निशुल्क आँखा तथा कान शिविर सम्पन्न भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल र स्वास्थ्य चौकीको संयुक्त आयोजना तथा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा निशुल्क शिविर सम्पन्न भएको हो ।
शिविरमा जम्मा बिरामी संख्या .दुई सय ४१ जनाको उपचार गरिएको स्वास्थ्य चौकी प्रमुख सत्यनारायण यादवले जानकारी दिए । जसमध्ये ४७ जनाको कानको उपचार एक सय ९४ जनाको र आँखा उपचार गरिएको बताइएको छ । सजमध्ये ७३ जनामा मोतिबिन्दु देखिएको चौकी प्रमुख यादवले जनाएको छ ।
मोतियाविन्दु देखिएकाहरुको भने सगरमाथा चौधरी आँखा अस्पताल लहानमा निशुल्क शल्यक्रिया हुने बताइएको छ ।