गमक पोट समाचारदाता


सिरहा, १३ माघ । सिरहाको गोलबाजर नपा ४ का पसलमा आगलागी लाखौं मूल्यको कपडा जलेर नष्ट भएकोछ । गोलबाजर नपा ४ मा रहेको सरीता इन्टरप्राइजेजमा शनिवार बेलुका आगलागी २५ लाखभन्दा बढी मूल्यको कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राइले प्रारम्भिक विवरण अनुसार २५ लाख भन्दा बढीको कपडा जलेर नष्ट भएको छ । सञ्चालक बैजनाथ शर्माले भने आगलागीका कारण कपडा पसलमा रहेका आधाभन्दा धेरै कपडा जलेर कामै नलाग्ने भएको भन्दै करिव ७० लाख मूल्यको कपडा जलेर नष्ट भएको जनाए ।
विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरिएको छ । कपडा पसलमा लागेको आगो नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा स्थानीलयले नियन्त्रणमा लिएको हो ।