गमक पोष्ट समाचारदाता
सिरहा, १२ माघ । सिरहा प्रहरीले प्रतिवन्धित लागु औषध सहित तीन जनालाई नियन्त्रणमा लिएको छ भने एकजना फरार रहेको छ । सिरहा मिर्चैया ९ का रण बहादुर श्रेष्ठको घरमा विक्रिको लागि राखिएको भन्ने विशेष सुचनाको आधारमा सोमबार अपरान्ह प्रहरीले २५ केजी गाँजा सहित किन बेचमा संलग्न धनुषा कमला न.पा.८ का ३३ वर्षिय संजिब मण्डल, ३३ शम्भु यादब र मिर्चैया नपा ८ का १८ वर्षिय दिपेन्द्र रायलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घर भित्र रहेको ट्वाईलेटमा लागु औषध गाँजा लुकाई छिपाई राखि बिक्री बितरण गरी रहेको भन्ने बिशेष सुराकिको अधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बाट खटिएको संयुक्त प्रहरी टोलीले निज श्रेष्ठको घर खानतलासी गर्दा पलाष्टिकको बोरामा बाधि राखिएको अवस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।
प्रहरीले उनीहरुसँगै स ६ प ३८६५ नं.को डिस्कोभर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको र फरार रहेका रण बहादुर श्रेष्ठ को खानतलासी भईरहेको जनाएको छ ।