गमक पोष्ट समाचारदाता
जनकपुर, १२ माघ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान प्रदेश नम्पर २ सरकारले आठै जिल्लामा एक साथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठ वटै जिल्ला अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने निर्णय गरेको हो ।
खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले विरगंज स्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रादेशिक अस्पताल जनकपुर र समाजिक विकास मन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह अस्पताल राजविराजबाट एक साथ सुरुगर्ने स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए ।
प्रदेश नम्वर २ मा खोप अभियान संचालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गते सम्म सबै जिल्ला स्थित स्टोरमा पु¥याइने निर्देशक झाले बताए ।
पहिलो चरणमा कोरोना महामारी विरुद्ध अग्र मोर्चामा खटि रहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना रहेको छ ।