गमक पोष्ट समाचारदाता


सिरहा, १० माघ । सिरहा मुसहर समुदायले मनाउदै आएका माटो दिवसको अवसरमा दलित अधिकारको क्षेत्रमा कार्यरत तीन जनालाई सम्मान गरेका छन् । सवरी संकल्प समाज गोलबाजारद्वारा आयोजित ११ औं माटो दिवसको अवसमा अधिकारकर्मी विनोद विसुन्खे, साहित्यकार एवम् लेखक चन्द्र प्रसाद ऋषिदेव र गोलबजार ६ डोहटियाकी स्व. रामवती सदालाई मृत्यू उपरान्त ग्रामिण संघर्षशिल महिला सम्मानद्धारा सम्मानित गरेका हुन् ।

matodibas 5
प्रदेश नंम्बर २ का अर्थ सल्लाहार राजकुमार सिंह र दिनाराम दिनाभद्रि मन्दिरका पुजारी गोविन सदाले संयुक्त रुपमा माटोको टिका, दोसला ओढाई कदरपत्र सहित सम्मान गरेको आयोजकले जानकारी दिए ।
माटो दिवसको अवसरमा आफूलाई सम्मान गरेर मुसर समूदायको चौचर्फी किवासको लागि आफूलाई काम गर्न अझ उत्साह थपेको बताए । उनले आफू सम्पूर्ण दलित त्यसमा पनि तराइमा अति पछाडी पारीका सदाय समुदायको उत्थानमा सम्वेदनशिल रहेको भन्दै यो सम्मानले मलाई झन जिम्मेवारी थपेको बताए ।

matodibas 4
कार्यक्रममा अर्थ सल्लाहाकार राजकुमार सिहले मुसहर जाती माटो कार्य प्रति निकै सिप र ज्ञान भएपनि यिनीहरुको क्षमता राज्यले उजागर गर्न नसएिको बताए । मुसहर समुदायद्धारा मनाउने माटो दिवसको अवसरमा सहिद प्रमोद सदा शैक्षिक प्रोत्साहन पुरुस्कार घोषणा उदाहरणीय कार्य भएको उल्लेख गर्र्दै ब्यक्तिगत रुपमा आफू अत्यत उत्साही भएको बताए । उनले त्यसको लागि आवश्यक पर्ने अक्षयकोषका लागी सहयोग गर्ने प्रतिबद्धाता समेत जनाएकाथिए ।
सोही अवसरमा मधेस आन्दोलनका सहिद प्रमोद सदाको नाममा शैक्षिक प्रोत्सहान पुरुस्कारको घोषणा गरिएको छ । सवरी संकल्प समाजको ब्यबस्थापनमा ११ हजार ११ राशी सहितको शैक्षिक पुरुस्कार घोषण गरिएको हो । यो शैक्षिक पुरस्कार मुसहर समुदायबाट एसईई उतिर्ण गरको छात्राछात्राहरु मध्ये एक जानलार्ई प्रदान गरिने संस्थाको अध्यक्षगुरुशरण सदाले जानकारी दिए ।
सवरी संकल्प समाजगोलबजार सिरहाका अध्यक्ष गुरु शरण सदाले मुसहर समुदाय विद्याथिहरुलाई उच्चशिक्षा लाई लक्षितगर्दै सहिद प्रमोद सदा शैक्षिक प्रोत्सहान पुरुषकार घोषण गरेका थिए ।