गमक पोष्ट समाचारदाता
सिरहा, १० माघ । पूर्वपश्चिम राजमार्गत सिरहाको कर्जन्हा नपा १० मनहर्वामा बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुई युकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आईरहेको ज. ८ प. ८४६४ नम्वरको मोटर साइकल र विपरित दिशाबाट आइरहेको ना. ६ ख. ५२४८ नम्वरको यात्रुवाहक बस एक आपसमा ठोकिदा मोटरसाइकलमा सबार धनुषा सवैला नगरपालीका १३ का १८ वर्षिय सचिन महतो र २३ वर्षिय शुशिल महतोको घटनास्थलमै ज्यान गएको हो ।
हुस्सुका कारन भालुखोला पुलको विचमा आएका दुवै साधन एक आपसमा ठोकिएको हुन सक्ने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको छ । चालक र बस प्रहरीको नियन्त्रणमा रखेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ । उनीहरु आफन्तको विवाहमा धनुषाबाट सिरहा जन्ती आएका थिए ।