गमक पोष्ट समाचारदाता
काठमाडौं, १६ पुस । निर्वाचन आयोगले आगामी माघ १५ देखि २१ गतेसम्म देशभरका पालिकाको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको अन्तिम नामावली तयार गर्न मतदाता नामावली अद्यावधिक गर्न लागिएको आयोगले जनाएको हो ।
कसैले झुठो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए यसै अवधिमा त्यसविरुद्ध उजुरी दिन पाइने, मतदाता नामावली अद्यावधिक गर्ने अवधिभर पालिकाको केन्द्रमा गएर अन्य कुुनै त्रुटी भए सच्याउन सकिने अयोगले जनाएको छ ।
आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सफल बनाउन सबै पालिका, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सरोकारवालालाई सहयोगको लागि आग्रह गरेको छ ।