गमक पोष्ट समाचारदाता

धनुषा, १५ पुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धनुषाधाम नगरपालिका ९ मालटोलमा भएको सवारी दर्घटनामा दुईजनाको मृत्यु भएको छ । घुमाउरो सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ च ९३१७ नम्बरको जिपलाई सोही दिशातर्फ जाँदै गरेको बीआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो ।

त्यसै क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल टयांकर सोही भारतीय ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ट्यांकरका चालक विराटनगर महानगरपालिका ४ बस्ने ३६ वर्षीय अर्जुनकुमार मण्डल र भारतीय ट्रकका चालक २० बषृका रंगिला कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका मण्डललाई जनकपुरको प्रादेशिक अस्पाल लैजाँदै गर्दा र रंगिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा थप दुईजनाको अवस्था गम्भिर रहेको जनाएको छ ।