गमक पोष्ट समाचारदाता
सिरहा, १२ पुस । सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्प गोलबजारले तस्कबाट नियन्त्रणमा लिएको दुर्लभ बन्यजन्तु शालक डिभिजन वन कार्यालय, सिरहाले लहान नपा १५ मा रहेको कोइरालो खोला सामुदायीक वन क्षेत्रमित्रै स्थापना गरिएको वन्य जैविक प्राणि उद्यान केन्द्रलाई जिम्मा लगाएको छ ।
उद्यानले अन्य वन्यजन्तुपनि संरक्षया गरी राख्ने भएकाले शालक पनि भर्पाई गरी उनीहरुको जिम्मा लगाइएको डिभिजन बन कार्यालय सिरहा लहानका प्रमुख शुभाषचन्द्र दासले जानकारी दिए ।
उनले के प्रायोजनको लागि तस्करहरुले शालक लगिरहेको भन्ने कुरा अनुसन्धान भईरहेको जनाए । तस्करको पनि खोजी भईरहेको उनले बताए । उनलेभने, ‘मोटरसाइकल फेला परेकाले तस्करसम्म पुग्न कठिन नहानेला, हामीले मोटरसाइकल कसको नाममा रहेको भन्ने जानकारी यातायात कार्यालयसँग मागिसकेका छौं, त्यहाँबाट नाम आएपछि प्रस्ट हुन्छ ।’
सशस्त्र प्रहरीले गोलबजार नपा २ फतिङ्ग्रा नियमित गसतीमा रहेका टोलीले स. १० प ३३३० नम्वरको मोटरसाइकल सहित दुर्लभ वन्यजन्तु सालक नियन्त्रणमा लिएको थियो ।
गस्तीमा रहेको प्रहरीलाई देखेर मोटरसाइकल छोडेर तस्कर भागेपछि खोजतलास गर्दा बाँसको चोयाले बनेको परेङ्गोमा शालक भेटिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको सालक आइतबारै वन कार्यालयलयलाई बुझाएको थियो ।