सुरेश राय
सिरहा, १० पुस । सव डिभिजन वन कार्यालय गोलबजार चोहर्वाले भारीमात्राका सखुवाको चिरान बरामद गरेको छ । विशेष सुराकीको आधारमा गोलबजार नपा ३ गोलामुक्सारमा लुकाई छिपाई राखेको अवस्थामा ४० थान सखुवाको चिरान बरामद गरेको हो ।
सव डिभिजन वन कार्यालयका फोरेष्टर कासिन्दर यादवका अनुसार पुरानो जस्तो देखिने सखुवाको काठ लुकाएर राखेको सुचना पाए लगतै वन कर्मचारी त्यहाँ पुगेको थियो । नियन्त्रणमा लिएको काठ आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय सिरहा लहानमा पठाइएको पठाइएरहेको उनले जानकारी दिए ।
काठ कसले के प्रायोजनको लागि त्यहाँ राखेको भन्ने अझै नखुलेको उनले जनाए । काठको कति क्यूविक फिट हो भने अहिले नखुलेको छैन । वन कार्यालय पुगेर नाप जोख गरेपछिमात्रै यसको परिमाण भन्न सकिने उनले सुनाए ।