गमक पोष्ट समाचारदाता

सिरहा, १ पुस । जिल्ला ट्राफिक कार्यालय सिरहाले भार क्षमताभन्दा अत्यधिक चुनढुङ्गा बोकेको हिडेका ५० वटा टिफरहरुलाई कार्वाहीको लागि नियन्त्रणमा लिएको छ । सिरहाको मारुति सिमेन्ट उद्योग र सूर्या सिमेन्ट उद्योगको लागि सिन्धुलिको काकुर खोलाबाट उदयपुरहँुदै ल्याउने गरेको ओभरलोडेड टिफर आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिएको हो ।
भार बोक्ने क्षमता भन्दा दोव्वर चुनढुङ्गा बोकेका टिफरहरुलाई आवशयक कार्वाहीको लागि यातायात कार्यालय पठाउन सोमबारदेखि नै रोकेर राखेको ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. २ का प्रवक्ता एवम् डिएसपी राम कुमार ढकालले जानकारी दिए ।

traphik 5
प्रवक्ता ढकालले ढुङ्गा जस्तो बस्तु लोड गर्दा एक आध टन तलमाथि हुन सक्छ, तर क्षमता भन्दा धेरै बोकेको गुनासो आएपछि चेकजाँच गरिएको बताए । उनलेभने, ‘चेक जाँचको क्रममा टिफरको भार बोक्ने क्षमता भन्दा दोव्वरसम्म बढी भेटिएपछि आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिएको हो ।’
उनले क्षमता भन्दा एक आध टन धेरैभएको बेला ट्राफिक प्रहरीले नै जरीवाना काट्ने सक्ने भएपनि धेरै भएकाहरुलाई यातायात कार्यालयले नै जरीवाना गर्ने बताए ।

tiphar 2
जिल्ला ट्राफिकले नियन्त्रणमा लिएका टिफरहरु मिर्चैया गोलबजारमा राखिएको छ । सिरहाका एक ट्राफिक प्रहरीका अनुसार १३ टन बोक्ने अनुमति पाएका टिफरले २८ टन सम्म चुनढुङ्गा बेकेको जानकारी दिए ।
हिउँदका बेला सिमेन्ट उद्योगहरुले चुनढुङ्गा ओसार्ने गर्दछ । वजनका हिसावले ओसारेको भाढा पाइने भएकाले यहाँका टिफर व्यसायीहरुले भारक्षमता भन्दा बढी ओसार्ने गरेको बताइन्छ ।
हिजो सोमबार देखि नै ट्राफिकहरुले टिफर रोक्न थालेपनि व्यवसायीहरु ट्राफिकलाई लाइन दिन छोडेकाले दुःख दिएको आरोप लगाउँदै आएको छ । एक टिफर चालक समेत रहेका व्यवसायीले पुलिस र ट्राफिकलाई पैसा दिंदासम्म जति लोडगरे पनि हुन्छ, पैसा दिनथालेपछि दुःख दिन सुरु गरिहाल्ने बताए ।
अत्यधिक भार बोकेर हिड्दा मिर्चैया कटारी सड जिर्न बनेको स्थानीयहरुले बताएको छ । साँघुरो बाटोका कारण टिफर हिँदा अरु गाढी हिड्न सक्दैन त्थाय अव त ओरलोडले सडक जिर्न भएपछि सडकमा अरुगाडी चलाउनै नसकिने अवस्था भएको मिर्चैया ७ फूलबरीयाका हरिकिशन यादवले बताए । उनलेभने, ‘कुनै काम विशेषले साना गाडी वा मोटरसाइकलमा कटारी जानुपर्योभने जिर्न सडकका कारण कहाँ के हुन्छ कुनै टुङ्गो नै हुँदैन ।’