गमक पोष्ट समाचारदाता
सिरहा, २६ मंसिर । वर्षौदेखि खानेपानीको समस्या झैल्दै आएका सिरहाको उत्तरवर्ती क्षेत्र धनगढीमाई नगरपालिका १४ का सर्रे अम्बासका बासिन्दा गाउँमै खानेपानीको योजना आएपािछ खुशीभएका छन् ।
भmण्डै दुई किलोमिटर टाढाबाट खानेपानीको जोहो गर्दै आएका २३ घर परिवारको लागि नगरपालिकाको ७ लाख १९ हजार, लिबर्ड संस्थाको ३ लाख अस्सी हजार र ४ लाख स्थानीय जनश्रमदान गरी झण्डै पन्द्रहलाखको त्रीपक्षीय लगानीमा योजना निर्माण हुनेभएपछि स्थानीय खुसी भएका हुन् ।
खानेपानी आयोजनाको शिल्यान्या गर्दै नगरपालिका प्रमुख हरिनारायण चौधरीले अबका केही दिनपछि खानेपानीको कठिनाईबाट गुज्रिरहेको स्थानीयलाई राहतहुन बताए । यसअघि यहाँका अधिकाक्ष क्षेत्रमा नगरपालीकाले विजुली पुर्याएको उनले बताए । अव खानेपनीको समस्यापनि सहज हुने नगर प्रमुख चौधरीले जनाए ।
१४ हजार लिटर पानी अट्ने ट्यांकी निर्माणले त्यस वरपरका २३ घर परिवारलाई घरघरमै धारा जडान गरी पानी उपलब्ध गराउने भएको छ । योजना ५ महिनाभित्र सम्पन्नहुने जनाइएको छ ।