सिरहा, २४ मंसिर । सिरहाको बिष्णुपुर गाउँपालिका ४ थल्हाकटहामा शौचालयको नयाँ हद सफा गर्ने क्रममा निसासीएर एक मजदुरको मृत्यु भएको छ, भने तीन जना बेहोस भएका छन् । नयाँ घरमा बनेको शौचालको हदको फोहर सफागर्न पसेका सिरहाको कल्यानपुर नगरपालिका १ का ५० वर्षिय सुरज पासमानको निस्सासिएर मृत्यु भएको हो ।
निस्सासीयर घाइते हुनेहरुमा सिरहाकै सुखिपुर नगरपालिका ५ का १८ वार्षिय राम सिहहेश्वर सदा, कल्यानपुर नगरपालिका १ का ४७ वार्षिय देवनारायण पासमान र स्थनिय राम औतार यादव रहेका छन् ।
करिब २० दिन अघि बनाइएको टोइलेट्को हदको ढक्कन खोलेर सफाइ गर्न प्रवेश गरेपछि अक्सिजन अभावले मृत्यु भएको जिल्ला प्रहरी कार्यलाय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जनाए । भाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भईरहेको छ ।
मृतकलाई हद बाट निकाल्न प्रवेश गर्दा अरु बेहोस भएको जनाएको छ । भित्र पसेकाहरुलाई पङ्खा चलाएर निकालेका थिए ।