गमक पोष्ट समाचारदाता
सिरहा, २४ मंसिर । जिल्ला सदमुकाम सिराहामा रहेको चन्द्र नमुनामावि (प्राविधिक) माकार्यरतशिक्षकले फरक–फरक जन्ममितिकाचारवटा नागरिकताबनाएर उमेर हदभन्दा बढी शिक्षण गरिरहेको खुलेपछि अनिवार्य अवकासमा परेको छ ।
शिक्षाविकास तथा समन्वयइकाइ सिराहाले मंगलबारको निर्णयअनुसार निमाशि (द्वितीय) दरबन्दीकाशिक्षक सकलदेव यादवलाई १७असोज २०७६ देखि लागू हुने गरी अनिवार्य अवकाशदिइएको हो ।
समन्वयइकाईमाशिक्षकयादवप्रतिउजुरी परेपछिजिल्लाप्रशासनकार्यालयबाट यादवको नागरिकताको प्रमाणित प्रतिलिपिझिकाएर छानबिन गर्दा उमेर हद १४ महिना ६ दिन बढी भेटिएपछि अनिवार्य अवकाशदिइएको निमित्तइकाइप्रमुखशशीकुमार यादवले बताए । उजुरी परेपछि इकाइबाट सक्कलनागरिकताकार्यालयमा पेस गर्न भनिएपनियादवले आनाकानीगर्दै आएकाथिए ।
जिल्लाप्रशासनकार्यालय सिराहाबाट विभिन्नमितिमा फरक–फरक जन्ममिति तर, एउटै ५७९५ नम्बरकाचारवटा नागरिकताझिकेर उमेर हदभन्दा बढी शिक्षण गरी राज्यकोषको दोहनगरिरहेको उजुरी परेलगत्तै छानिबन गर्दा त्यसको पुष्टि भएपछि अनिवार्य अवकाशदिइएको निमित्तइकाइप्रमुखयादवले बताए । उनकाअनुसार यादवले जिल्ला प्रशासनबाट झिकेको चारवटा नागरिकतामध्ये दुईवटा इकाइले फेलापारेको छ । ‘त्यसमध्ये एउटा नागरिकताको जन्ममितिअनुसार अझै तीनवर्ष उमेर हदबाँकी देखिन्छ’ उनले भने ।
सिराहानगरपालिका माडरका स्थायीबासिन्दा रहेका यादवविरुद्ध तीनजनाले दोहोरो नागरिकतालिएर शिक्षण सेवाअवधिलम्ब्याई राज्यकोषको दोहनगरिरहेको आरोपसहित ११ मंसिरमाउजुरी परेको थियो ।
नागरिक्ताकिर्तेगरेको हुँदाउनीमाथि फैजदारी अभियोग समेत लाग्ने शिक्षा समन्वयइकाईकाप्रमुखशशिकुमार यादवले जानकारी दिए । उनलेभने, ‘अहिले सम्मशिक्षकयादवको नाममा एउटै नम्वर भएको फरक फरक जन्ममितिको ४ बटा नागरिक्ता फेला परेको छ, हामीप्रमुखजिल्लाअधिकारी र प्रहरी प्रमुख संग समन्वयगर्दैछौं, उनीमाथिफौजदारी अभियोग लाग्न सक्छ ।’
त्यसको बोधार्थ राष्ट्रिय निजामतीकिताबखाना, कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष, जिल्लाप्रशासनकार्यालय सिराहा, जिल्लाप्रहरी कार्यालय सिराहा, सिराहानगरपालिका र सम्बन्धितविद्यालयलाई दिइएको छ । उमेर बढाएर राज्यकोषबाट तलब, ग्रेडसहित अन्य सेवा–सुविधाबापतलिएको रकमफिर्ताकालागिजिल्ला सरकारी वकिलकार्यालयसँग परामर्श गरी आवश्यककदमचालिने इकाइले जनाएको छ ।
यादवअखिलशिक्षकसंगठनको तर्फबाट सिरहाजिल्लाको शिक्षकयुनियनकाअध्यक्ष समेत भएकाथिए । उनीयुनियनको अध्यक्षभएकाले नियमितविद्यालयमा पठन पाठनमा सहभागीनहुने गुनासो पनि यसअघि हुँदै आएको थिए ।