सिरहा, २३ मंसिर । विद्यालयमा निर्माणाधिन भवनमा अनियमितता भएको कपोल्पित समाचार प्रति आफ्नो ध्यानाकर्शन भएको जनता माध्यमिक विद्यालय चन्द्रलालपुरले जनाएको छ । रेडियो आकाश गंगाले “निर्माणको बजेटमा ज.मा.वि. चन्द्रलालपुरका प्र.अ.व्रहमदेवको ब्रहमलुट” शिर्षकको समाचार निराधार तथा हिन मानसिकताको उपज भएको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

विद्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा भनीएको छ, ‘पत्रकारीताका समान्य विधि र प्रक्रिया समेत मिचेर विद्यालयसँग कुनै सुचना तथा जानकारी विनै मनोगत ढंगले समाचार लेखेको छ, यसप्रति हाम्रो गम्भिर ध्यानाकर्षन भएको छ ।’
विज्ञप्तीमा विद्यालयको भवन निर्माणको लागि वडा कार्यालयले समिति गठन गरी नियमानुसार निर्माण कार्या भईरहेको उल्लेख गरेको छ ।

निर्माण कार्यापनि उहाँहरुकै पालामा किनिएका समानहरु छड, सिमेन्ट, वालुवा र काठ विग्रने अवस्थामा पुग्दा सम्पूर्ण सरोकारवालाहरुलाई भेला गराई समिति बनाएर कार्य गर्ने पटक–पटक प्रयास गर्दागर्दै आपसी सहमति नजुटेपछि विगतकै समितिबाट खरिद भैसकेको सामान क्षती हुन नदिन सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुकै आग्रहमा धर्मनाथ यादव को संयोजकत्वमा ९ (नौ) सदस्य अनुगमन तथा रेखदेख समिति गठन गरी विग्रन लागेको सामान प्रयोग गर्ने गरि निर्णय गरिएको उल्लेख गरेको छ ।

विज्ञप्तीमा विद्यालयले प्रकृया पुर्याएरै निर्माणकार्य गरिरहेको भएपनि पुर्वाग्रही भएर समाचार प्रकाशन प्रसारण गरेको उल्ले गरेको छ । ‘पत्रकार मित्रले प्रतिशोतात्मक आरोप लगाउने गरी समाचार सम्प्रेशन गरेको भप्रति आपत्ति जनाउँदै यस्ता अवान्छित कार्य नगर्न नगराउन अनुरोध गर्दछौं,’ विज्ञप्तीमा लेखिएको छ ।

विद्यालयको विज्ञप्तीमा यस सम्वन्धि सत्यतथ्य बुझन चाहने सरोकारवालाहरुलाई विद्यालयमा आई सूचना लिन सक्ने वाटो खुल्ला रहेको पनि उल्लेख गरिएको छ ।