सिरहा, १९ मंसिर । कोरोना संक्रमणको त्रास रहिरहेको बेला सिरहाको धनगढीमाई नगरपालिकालाई एक गैर सरकारी संस्थाले महिला मैत्री क्वारेनटाइनको लागि सामाग्री हस्तान्तरण गरेको छ ।
एक्सन एड नेपालको सहयोग तथा स्थानीय दलित जनकल्याण युवा क्लवद्वारा ८ वटा बेड सहित सर्जिकल सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।
सामाग्री बुझ्नुहुँदै नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले अझै कोरोना संक्रमण रहिरहेको अवस्थामा कोरोना महामारी विरुद्ध लड्न थप सहयोग पुग्ने वताए । धनगढीमाई नगरपालिकाले कोराना संक्रमणबाट बचाउनको लागि दुई ठाउँ कसहा र विष्णुपुरकट्टीमा क्वारेनटाइनको व्यवस्था गरिएको थियो ।
प्रदेश नं. २ को सहयोग एवम् धनगढीमाई नगरपालिकाको समन्वयमा धनगढीमाई नगरपालिकाले महेन्द्र गेनाई अस्पतालमा १४ वेडको आइसोलेशन कक्ष संचालन गरिएको छ ।