गमक पोष्ट समाचारदाता

सिरहा, ५ कात्तिक । छठपर्वको आज तेस्रो तथा मूखय दिन ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर मनाएका छन् । विभिनन ध्वजा पताकाहरुले सिङ्गारीएका पोखरी तथा जलाशयमा ब्रतालुहरु पुगेर अस्थाउँदै गरेको सूर्यलाई पर्वका लागि तयार पारिएका ठेकुवा, केरा, भुसुवा लागायत विभिन्न प्रकारका फलफलूल तथा प्रसादहरुको अर्घदिने कार्य सम्पन्न भएको हो ।
अहिले सिरहाका पोखरी, तलाउ, नदी तथा जलासयहरु अहिले दुलहीझै सिंगारीएका छन् । चार दिन सम्म ब्रत बसेर मनाइने छठ पर्वको आज तेस्रो मुख्य दिन (षष्ठी) हो । आज अस्ताउँदै गरेको सूर्यलाई अर्घदिई रातभर छठ घाटमै जागराम वस्ने गर्दछ । छठघाटमा विभिन्न छठसम्वन्धित गीत संगीत, कथा कहानी सुनेर, हेरेर भक्तजनहरु रात विताउने गर्छन् । भोली (सनितबार) विहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न हुन्छ ।

choharwa 3
छठ पूजाका लागि गहुँ र चामल ओखल, जाँतो वा ढिकीलाई चोखा नितोगरी कुटान (पिसान गरी त्यसबाट विभिन्न परिकार बनाएका छन्। सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यहरु विभिन्न भक्ति एवं लोकगीत गाउँदै पोखरी तथा जलाशयसम्म पुग्ने गर्छन् ।

golbazar12
छठका लागि बनाइएका परिकार पोखरी तथा जलासयको किनारमा राख्नु अघि बत्तीले पाँचपटक ढोग्नुपर्छ । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुसार अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि ब्रतालुले सन्ध्याकालिन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् ।
यस क्रममा ब्रतालुले दुबै हत्केलामा पिठार र सिन्दूर, अक्षता र फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताउदो र उदाँदो सूर्यलाई अर्पण गरेपछि छठ पर्व सम्पन्न हुने गर्दछ ।

golbazar

छठ पर्व सुरक्षाको लागि एक हजार २ सय प्रहरी परिचालन
जिल्ला प्रहरी कार्यालय सिरहाले छठ पर्वलाई मध्येनजर गर्दै विशेष शुरक्षा सतर्कता अपनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले छठलाई लक्षीत गरी विशेष सुरक्षा योजना अपनाएको जानकारी दिए । डिएसपी शर्माका अनुसार तराईको महत्वपूर्ण पर्वलाई लक्षीतगरी विशेष सुरक्षा सतर्कता अपनाइएको जनाए । उनले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न जिल्ला प्रहरी कार्यालयबाट सातसय ५० जनानेपाल प्रहरी र चारसय ५० जना ससस्त्र खटाइएको जनाए ।
प्रत्यक छठका घाटहरुमा प्रहरी परिचालन गरिने जनाएको छ । सिरहामा करिव एक सय ५९ स्थानमा छठका घाटहरु रहेकाले ती सवै ठाउँमा प्रहरी परिचालन गरिने जनाएको छ ।
चाड पर्वको वेला महिलामाथि दुव्र्यवहार र लुटपाटको घटना हुनसक्ने भन्दै व्यापक मात्रामा प्रहरी परिचान गरिएको जनाएको छ । सवै घाटहरुमा सादा पोसाकका प्रहरीपनि प्रयाप्तमात्रामा परिचालन गरिएको पनि सिरहाका प्रहरीले जनाएको छ ।