मुकेश कुमार यादव

सिरहा, २८ कात्तिक । सिरहाको गोलबजार नपा ६ लामाटोलबाट करिव ७ लाख नक्कली नोट सहित प्रक्रउ परेका तीन जनालाई जिल्ला अदालत सिरहाबाट सङ्गठित खोटा मुद्रा चलन सम्वन्धि मुद्दा दायर गरी १५ दिनको म्याद थप गरेको छ । जिल्ला अदालतमा आजै शुक्रवार मुद्दा दर्तागरी अनुसन्धानको लागि १५ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष कुमार राईले जानकारी दिए ।
उनीहरुसँग अझै व्यक्तिहरुको पनि सङ्लगन रहेको भन्दै प्रहरीले म्याद थप गरी अनुसन्धान सुरुगरेको बताएको छ । लागुऔषध कारोवार तथा सेवनको आशंकामा पुगेका प्रहरी उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेका थिए ।
इलाका प्रहरी कर्यालय गोलबजार र सशस्त्र प्रहरी व्यसक्याप गोलबजारको सैयुक्त टोलिले विहिवार अपरान्ह हजार दरको ६ लाख ८४ हजार नक्कली नोट सहित गोलबजार नपा १२ वेतौनाका २५ पर्षिय धिरज यादव, २० वर्षिय सञ्जय राय र कल्याणपुर नपा ७ का २४ वर्षिय विमलेन्द्र नायकलाई पक्राउ गरेका थिए ।
उनीहरु असोज २१ गतेबाट गोलबजार नपा ६ को लामाटोलका वीरेन्द्र महतोको घरमा भाडामा वस्दै आएका थिए ।
प्रहरीले उनीहरुको डेराबाट नोट बनाउन प्रयोग गरिएको ३ थान मोवाईल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कुहरु ६ थान बरामद गरेको छ ।