गमक पोष्ट समाचारदाता

सप्तरी, २८ कात्तिक । सप्तरीमा जिउँदै फालिएको अवस्था एक शिशु फेला परेको छ । जिल्लाको बोदे बर्साईन नगरपालिका ५ जाँजरस्थित खड्क खोलामा जन्मे लगतै फालिएको अवस्थामा शुक्रवार शिशु फेला परेको हो ।
शिशु २४ घण्टाअघि जन्मिएको जस्तो देखिएको इलाका स्वास्थ्य चौकी बोदे बर्साईनका प्रमुख एयुब राईनले जानकारी दिए । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको उनले बताए ।

स्थानीय बासिन्दाले देखेर खबर गरेपछि इलाका प्रहरी कार्यालय बोदे बर्साईनको टोली घट्नास्थलमा पुगी शिशुलाई उद्धारगरी स्वास्थ्य कार्यालयको जिम्मा लगाएको हो । शिशु कस्को र कहाँबाट यहाँ ल्याएर फालेको हो भनने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।