गमक पोष्ट समाचारदाता
रौतहट, २७ कात्तिक । रौतहटमा अज्ञात व्यत्तिले गोली प्रहार गरी एक युवतीको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा माधवनारायण नपा ७ लौकाहाका राम अयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहको बुधबार राती गोली हानी हत्या गरिएको हो ।
सँगै सुतेकी युवतीकी आमा घरबाट बाहिर शौचालय गएको मौका छोपी राती करिव ११ बजो गोली प्रहार भएको बताइएको छ । अमृताको कन्चटमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
प्रहरीले गोली कसले किन चलाएको कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको रौटहट प्रहरीले जनाएको छ ।
गत २०७६ फागुनमा अमृताको बिहे सर्लाहीको मधुवनगोठका रुपेश साहसंग बिहे भएको भएपनि गत असारमा सम्वन्ध विछेदगरी माइतिमै बस्दै आएको बताइएको छ ।