गमक पोष्ट समाचारदाता
मकवानपुर २५ कात्तिक । मकवानपुर पैहरीले जवरजस्ती करणी आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ । बागमती गाउँपालिका–८ फापरबारी ठुलोकायरका २५ वर्षीय दावा पाख्रीनलाई मंगलबार दिउँसो एक २३ वर्षिय महिलालाई पटक पटक जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
दावाले ती महिलालाई गत असार २ गतेदेखि कात्तिक ५ गतेसम्म पटक–पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाही अगाडी बढाएको मकमानपुर प्रहरीले जनाएको छ । घटनाका बारेअमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।