बद्री नारायण यादव

सिरहा, २३ कात्तिक । आर्थिक रुपले पछि परेका ग्रामिण भेगको आर्थिक विकासको मुल श्रोत सहकारी बन्ने गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सारश्वरनाथ साना किसान कृषि सहकारी संस्था लि. को दोश्रो बार्षिक साधारणसभामा बोल्दै वक्ताहरुले त्यस्तो कुरा बताएका हुन् ।
व्यक्ति तथा समाजको आर्थिक तथा सामाजिक परिवर्तनमा सहकारीले अहम भुमिका निर्वाह गर्ने गरेको सिरहा क्षेत्र नं. ३ (ख) का प्रदेशसभा सदस्य प्रमोद यादवले बताए । ‘‘सहकारी नीति ३०–४० वर्ष देखि चल्दै आएको थियो तर धेरै व्यक्तिले यसको प्रभाव र महत्वबारे थाहा थिएन,’ उनले भने, ‘सहकारी नीतिलाई आत्मसात गरेर अघि बढेका व्यक्ति तथा समाजको छोटो समयमा विकास भएको धेरै उदाहरण छन् ।’
सहकारीले आत्मनिर्भर बनाउने तर्क गर्दै उनले भने,‘सहकारीले सबै वर्गका व्यक्तिलाई आपसमा जोड्ने काम गर्दै आएको छ । सबैलाई समान व्यवहार पनि यसैमा हुने गर्दछ ।’ सुरुवाती चरणमा सहकारीको प्रभाव समान्य लागेपनि पछि गएर यसले व्यक्तिको जीवन तथा समाजमा राम्रो परिणाम दिने गरेको उनले दाबी गरे । सहकारीले सबैको साथ सबैको विकासका नीति लिएर अगाडी बढ्ने गरेको हुँदा सहकारीमा सकृयताका साथ लाग्न उनले सबैसँग आग्रह गरे ।
साना किसानले अपनाएको सहकारी नीतिलाई विश्वका सहकारी अभियन्ताले बुझ्न र अध्ययन गर्न आइराखेको जिल्ला समन्वय समिति सिरहाका उपसभापति तथा साना किसान कृषि सहकारी संस्था लि।का अध्यक्ष सरोज कुमार यादवले बताए । साना किसानको हरेक विकासको सुरुवात सहकारीबाट सफल सुरुवात हुने गरेको उनको दाबी छ ।
परिवर्तित अवस्थामा साना किसान सहकारीलाई नै चौतर्फी रुपमा सवल र सक्षम बनाई अघि बढ्ने सरकारको नीति रहेको बताउदै उनले सहकारीबाटै कृषि उद्योग, डेरी, विद्यालय, अस्पताल, उत्पादित कृषि उपजका सामग्रीको भण्डारण र बजारीकरण गर्न सकिने बताए ।
व्यक्तिको स्वच्छा र सिप अनुसारको काम गर्न सहकारीले सहज रुपमा बीउ पुजीको व्यवस्था गर्दै आएको हुँदा सकृयताका साथ काम गर्न चाहनेहरुको आर्थिक तथा बौद्धिक विकासमा धेरै समय नलाग्ने उनले दाबी गरेका छन् । स्वच्छिक तथा खुल्ला सदस्यता, सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागीता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा तालिम र सूचना, सहकारी संस्थाबीच पारस्परिक सहयोग, समुदाय प्रति चासो सात सिद्धान्तमा आधारित भएर सहकारी संचालन हुने गरेको हुँदा सबैलाई आ–आफ्नो सकृय सहभागीता जनाउनु उनले आग्रह गरे ।

करोडौंको कारोवार
सारश्वरनाथ साना किसान कृषि सहकारी संस्था लि।दर्ता भएको दुई वर्ष नबित्दै शेयर सदस्य तथा संचालक समितिका सदस्य एवम् व्यवस्थापकिय सुदृढताको प्रतिफल करोडौंको कारोवार गर्न सफल भएकोमा कार्यक्रममा बोल्ने वक्ताहरुले खुशी व्यक्त गरे ।
महिलाहरुकै सकृयतामा गएको दुई वर्ष अघि ३० जनाबाट सुरु भएको सहकारी दोश्रो साधारणसभामा ४ सय ३५ शेयर सदस्य र कुल शेयर पुजी १२ लाख ९२ हजार ४ सय पु¥याएको छ भने २ करोड २६ लाख ११ हजार २ सय ६० रुपैयाँ कुल ऋण लगानी रहेको छ ।
सहकारीको आन्तरिक आयलाई सुदृढ गर्दै विभिन्न दातृ निकायसँग समन्वय प्रक्रियालाई सकृय रुपमा अघि बढाएर आउदो वर्षमा ऋण लगानीलाई बृद्धि गर्नुका साथै सामाजिक उत्तरदायित्वका कार्य, किसानको क्षमता अभिबृद्धिका कार्यक्रमहरुमा विषेश जोड दिइने संस्थाका प्रबन्धक रामचन्द्र यादवले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बताए ।
समूह नं।२३ की सनिता देवी मेस्तरले आफ्नो समूहको सबैको निस्कृयताका बावजुद नियमित रुपमा बचत गर्दै सकृय रुपमा काम गरेको तथा समूह नं।४१ की रामकुमारी यादवले सबै भन्दा बढि शेयर खरिद गरेको भन्दै दुबै जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
संस्थाकी अध्यक्ष निर्मला कुमारी पासमानको अध्यक्षतामा भएको बार्षिक साधारणसभामा लेखा समितिकी संयोजक रिता कुमारी साह, साना किसान कृषि सहकारी संस्था लि।विष्णुपुरका प्रवबन्धक उपेन्द्र यादव, समाजसेवी जीवछ गुप्ता, माँ भवानी साना किसान कृषि सहकारी संस्था लि।का नन्दकिशोर चौधरी, पूर्व प्रबन्धक कामेश्वर सिंह लगायतले व्यक्ति तथा समाज विकासमा सहकारीको भुमिका दर्साउदै आ–आफ्ना मन्त्वय राखेका थिए ।