गमक पोष्ट समाचारदाता

सिरहा, २१ कात्तिक । पूर्वपश्चि राजमार्ग अन्तर्ग सिरहाको गोलबजार नपा ९ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ । ना.५ ख ७५९६ नम्बरको ट्रकले प्रदेश ३–०१–०१४ प ५८४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार झापा शनिश्चरे नगरपालिका ८ की ५० वर्षीया आशा श्रेष्ठ मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि मिर्चैया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्ररही कार्यालय सिरहाका सूचना अधिकारी शालिग्राम शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार ट्रक र चालकलाई नियन्त्रणमा लिएर दुर्घटना विषयमा थप सम्बन्धमा थप अनुसन्धान भएको जनाए ।