गमक पोष्ट समाचारदाता
सिरहा, २१ कात्तिक । सिरहा नगरपालिकाद्वारा समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्नको निमित्त ११ थान साईकल जिल्ला प्रहरी कार्यालयलाई सहयोग गरेको छ । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ कार्यक्रम अन्तर्गत प्रहरी कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको उपस्थितिमा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवज्युले साइकल हस्तान्तरण गरेका गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाशंकर पंजियार, डिएसपी शालिग्राम शर्माको उपस्थिति रहेको थियो ।
नगरपालीकाले आफ्ना क्षेत्रका जनताले सहज र सुलभ तरिकाले शान्तिशुरक्षा प्राप्त गर्न सकुन भन्ने उद्देश्य प्रहरीलाई साइकल प्रदान गरेको बताए । उनले नगरक्षेत्रमा सजिलै साइकलबाट पुग्न सकिने र बावावरणीय हिसावले पनि सुरक्षीत रहने भएकाले साइल प्रदान गरेको बताए ।