गमक पोष्ट समाचारदाता
सिरहा, २० कात्तिक । सिरहाको बिष्णुपुर गाउँपालिका १ का ८४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको उपचारकै क्रममा आज विराटनगरमा मृत्यु भएको हो ।
ज्वरो लागेर श्वास फेर्न समस्या भएपछि उनलाई गत कात्तिक १७ गते विराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन उनको स्वाब संकलन गरी परीक्षण गर्दा १८ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक यादवले बताए । मृतक पुरुष निमोनियाँ रोगी समेत थिए ।
योसँगै सिरहामा कोरोना संक्रमित भएपछि मृत्यु हुनेको संख्या २० पुगेको छ ।