मुकेश कुमार यादब /सिरहा, २३ असोज । सिरहाको गोलबजार नगरपालिका १२ बेतौनामा निर्माण हाटबजार सेड निर्माणमा व्यापक अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । प्रदेश सकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय दर्पण कृषि सहकारी संस्था लिमिटेडले कृषि हाटबजार सेड निर्माणमा व्यापक अनियमितता भएको हो ।
उपभोक्तको १५ प्रतिशत जन श्रमदान सहित १४ लाख लागतमा निर्माया भएको २५ फिट चौडा र ४५ फिड लम्वाईको सेड बढिमा ७ लाख मूल्यमा निर्माण सम्पन्न हुने स्थानीय संजय यादवले बताए । उनलेभने, ‘यहाँ प्रयोग भएको इटा, बालुवा, सिमेन्ट, तथा फलाम र जस्ताको मूल्याङ्कन गर्नेहो भने आधाभन्दा कम मूल्यमा निर्माण भएको हो । तर, यहाँ ठूलो रकमको चलखेल भयो ।’
लम्वाई चौडाइमा पनि कम र स्थानीय मूल्यमा आधा रकममा बन्ने स्थानीयको दावी रहँदै आएको छ । डिजाइनमा ४५ फिट लम्वाई र २५ फिट चौडा रहेपनि ४२ फिट लम्वाई र १९ फिट चौडा सेड निर्माण भएको छ ।
पहुँचको आधारमा मन्त्रालयबाट रकम ल्याएर निश्चित व्यक्तिहरुले कमाउने धन्दा गरेको स्थानीय रामदेव यादवले आरोप लगाए । उनले हामी उपभोक्तालाई के ही थाहा छैन, कसरी आयो, कहाँबाट आयो, निर्माण कार्य सुरुभएपछि हामीले सोधखोज गर्दा तिमिहरुलाई किन चाहियो भन्दै हामीलाई हप्कीदप्की गर्नेगरेको सुनाए ।
गाउँभन्दा पर कहिल्यै हाट बजार नलाग्ने ठाउँमा सेड निर्माण गरेको स्थानीयको भनाई छ । सहकारी संस्थाका अध्यक्ष विन्दु कुमार मण्डलले आफ्नो पहुँचको आधारमा पैसा ल्याएर बजारै नलाग्ने ठाउँमा सेड बनाएको छ । उनले बेला बेलामा कर्मचारी तथा जनप्रतिनिधीसँगको सेटिङ्मा रकम कुम्ल्याउने योजनाहरु ल्याएर जनताको आँखामा छारोहाल्ने काम गरिरहेको स्थानीय कारी यादवले बताए ।
सहकारीको नाममाबाट योजना ल्याएर काम गरेको भएपनि सहकारीका कार्यकारी समितिलाई नै कति रकम ल्याएको र कतिमा निर्माण सम्पन्न भएको जानकारी छैन । अध्यक्षले ल्याएर काम गराउनु भयो एक जना समितिका सदस्यले नाम नबताउने सर्तमा भने, ‘कति पैसा ल्याएको थियो, निर्माण सम्पन्न गर्दा कति खर्चभयो मलाई जानकारी छैन ।’
उनले थपे, ‘उहाँ नेता मान्छे कहाँ कहाँबाट के के काम ल्याएर गरिराख्नु हुन्छ, हामीलाई थाहै हुँदैन । हामीले यो काम मैले ल्याएर गराएको छु, यहाँ सहि गर भन्छन् हामी त्यसै गरिन्छौं ।’
यता अध्यक्ष विन्द कुमार मण्डलले आफूले मन्त्रालयमा धेरै मेहनत गरेर योजना ल्याएको बताए । उनले आफूले योजनाको डिजाइन, इस्टिमेट अनुसार काम गरेको बताए । उनलेभने, ‘मैले मन्त्रालयले दिएको योजना र इस्टिमेट अनुसार नै काम गरेको हुँ, इन्जिनियरले मूल्याङ्कन गरेको आधारमा मै निकासा पाएँ ।’ उनले आर्थिक वर्ष २०७६÷७७ को अन्तिम अन्तिममा कोभिड १९ का कारण धेरै सामानहरु महगोमा किनन परेको र अन्तिम अन्तिममा काम आएकोले पनि लगानी बढेको समेत सुनाए ।
उनले जनस्रमदान सहित १४ लाखको काम भएको बताए । उनले मन्त्रालयबाट ११ लाख ९९ हजार निकासा पाएको सुनाए ।
साइड इन्जिनियर हरित सिंहले सवैकाम डिजाइन, इस्टिमेट अनुसारै भएको बताए । उनले त्यमा हामीले जस्ताको तस्तै गरेका हौं, नभएको बताए ।






















