सप्तरी सिरहा जोड्न बलानमा झोलुङ्गे पुल
लहान, २४ भदौ । सप्तरीको बलान बिहुल गाउँपालिका र सिरहाको भगवानपुर गाउँपालिका जोड्ने बलान नदीमा झोलुङ्गे पुल बन्ने भएको छ । बुधवार बलान बिहुलका प्रमुख दयानन्द गोइत र भगवानपुरका प्रमुख बेचन यादबले संयुक्त रुपमा पुलको शिलान्यस गरेका हुन् ।
बन्न लागेको पुल बलान विहुल गापा ३ मा पर्ने दुधैलाघाट र भगबानपुर गाउँपालिकाको सिनुरीयाघाट जोड्छ ।
बलान बिहुलका प्रमुख गोइतले स्वीस बैंक र नेपाल सरकारको साझेदारीमा झोलुङ्गे पुल बन्न लागेको जानकारी दिए । उनका अनुसार पुलको लम्बाई २ सय ७२ मिटर रहेको छ । पुल ३ करोड लागतमा बन्न लागेको बुझिएको छ ।