सिरहा, २४ भदौ । सिरहमा आज थप ६७ जनामा कोरोना संक्रमण देखिएको छ । सिरहा नगरपालीकाका ५९, नेपाली सेनाको चोहर्वा व्यारेकका ७ र मिर्चैयाका १ सहित ६७ जना नयाँ संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
आज सम्म सिरहामा जम्मा ६ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्य ३ सय ५५ जना निको भएर घर फर्किसकेका छन् भने २ सय ६५ जनाको उपचार भईरहेको छ । जसमध्ये १० जनाको मृत्यु भएको छ । हालसम्म सिरहामा ८ हजार ७ सय ७२ जनाको स्वाप संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।






















