मुकेश कुमार यादब सिरहा, २४ भदौ । पूर्व–पश्चिम राजमार्गदेखि करिव ५ किलोमिटर उत्तर घुर्मिखोलाको किनार गोलबजार नगरपालीका १० धोवियाधारमा करिव ४० घर परिवारको सदाय (मुसहर) बस्ति अहिले कोरोनाको कहरमा परेका छन् । दैनिक ज्यालादारीले जीवन धान्दैआएका यहाँका सदायहरु कोरोण भाईरसका कारण मुलुक नै लकडाउन भएपछि पछिल्लो ६ दिनदेखि मजदुरीगर्न कतै जान नपाउँदा उनीहरुको दैनिकी विचल्लिमा परेका हुन् ।

बस्तिका ३५ वर्षिय लालदेव सदाय तीन छोरी र श्रीमति सहित पाँच जनाको परिवार छन् । उनको दैनिकी ज्याला मजदुरीबाट चलिरहेको थियो । लकडाउनका कारण मजदुरी गुमेपछि हामुख जोड्न धौ धौ परेको छ ।
कोरोणा भाईरस समूदायस्तमै फैलिन थालेपछि हामीलाई कसैले घरमा जान समेत दिदैंनन्, कामत परैको कुरा भयो । लालदेवले भने, ‘काम गर्न नपाएपछि तरकारी दाल जोहो गर्नै समस्या भएको छ, जसोतसो चामल ल्याएका छौं बारीमा फलेको टमाटर आचार बनाएर छाक टार्ने गरेका छौं । छोरा छोरी दाल तरकारीको लागि झगडा गर्छन मैले कहाँबाट ल्याउने ।’
लालदेव मात्र हैन बस्तिका सवैजसो सदायको अवस्था दैनिय रहेको छ । बस्तिकै ४५ वर्षिय बुधनी सदाय एक छोरी र दुई छोरा सहित ५ जनाको परिवार छन् । उनको हातमुखपनि मजदुरीबाटै चलेको थियो । मजदुरी खोसिएसँगै उनको हातमुख जोड्ने मेसोपनि मरेको छ । गाउँमा कसैले काम नदीने, जंगलबाट ल्याएको दाउरा पनि नविक्ने भएपछि महिनौ देखि दाल, भात, तरकारी एकैसाथ खान नपाएको महिनौ बितिसक्यो उनले सुनाए ।
समूदायस्तमै कोरोना भाईरस फैलिएपछि काम पनि पाउन छाडेको छ । लकडाउनको ६ महिना दिनवितिसक्दा पनि आफूहरुले नगरपालीकाले एकपटक दिएको १५ केजी चामल, ५ केजी पीठो बाहेक कुनै सहयोग नपाएको शान्ति सदायले गुनासो गरे । उनले भने, ‘ चुनावका बेला विभिन्न सपना बाडेका नेताहरु यस्ता बिपदको बेला शास्ति खेपिरहेको बस्तिमा कहिल्यै देखा पर्दैनन् । उनीहरु हामि दलितलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेको बताउँछीन् । यता ’ सिङ्गगो बस्तिनै अप्ठ्यारोमा परेको भएपनि अझैसम्म कसैले केही सहयोग नगरेको हेमकुमार सदायले दुखेसो पोखे ।
हातमुख जोड्नै समस्या भईसक्यो, अहिलेसम्म कसैले केही सयोग गरेको छैन् । सुरुमै नगरले चामल, पिठो दिएको थियो त्यसले के हुनु ।’
यस्तै अवस्था रहे अव हामी दलित मजदुरहरु भोकै भर्ने अवस्था आउन सक्छ । गाउँ घरमै ज्याला मजदुरी गर्ने र युवाहरु भारत मजदुरीबाट जीविका चल्दै आएका यहाँको दलितको दैनिकी झन विजोग हुन थालेको छ । सुरुकै बेला भारतबाट आएका उनीहरु दशैं तिहार कसरी मनाउने चिन्तामा छन् ।

प्रदेश सरकारले जिल्लाका स्थानीय तहहरुमा राहत सामग्री पठाएको भएपनि राहत सामग्री अपुग भएको भन्दै थन्कयाएर राखेको छ । कतिपय स्थानीय तहले राहत सामग्रीनै नबुझेको पनि बताइएको छ ।
सिरहामा मात्र अहिले सम्म ५ सय ६० जना कोरोनामा कोरोना संक्रमन देखिएको छ । जसमध्ये ३ सय ५५ जना निको भएर घर फकिएका छन् भने २ सय ५ जना जिल्लाका विभिन्न आईसोलेशन र होम आईसोलेशनमा बसेर उचार गराई रहेका छन् । जिल्लामा हालसम्म १० जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।
सिरहाको विभिन्न करिब चार सय स–साना टोल गरी करिव ५० हजारको हाराहारीमा मुसहरहरुको बसोबास रहेको छ । यो समुदाय करिव ९८% प्रतिशत भुमिहीन रहेको बताइन्छ र आर्थिक अवस्था कमजोर भएकै कारण सदाय समुदाय विभिन्न खालको प्राकृतिक प्रकोपबाट पीडित हुँदै आएका छन् ।






















