संजय बिश्वकर्मा/सिरहा १५ भदौ । सिरहामा १२ दिनका लागि आजबाट लागुहुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा आज बसेको बैठकको निर्णयले भदौ २७ गते १२ बजे राती सम्मका लागी जिल्लाभरीको सम्पुर्ण स्थानीय तहलाई निषेधाज्ञा जारी गरेको हो ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गईरहेको र अहिले सम्म जिल्लामा ७ जना कोरोना संक्रमित पुष्टि भएकाको मृत्यु समेत भएकोले निषेधाज्ञाको अबधि थप पारिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो ।
निषेधाज्ञा अवधिमा सार्वजनिक भेला हुने खालका कार्यक्रमहरु गर्न नगराउनका साथै सार्वजनिक सवारी साधन समेत नचलाउन अनुरोध गरिएको छ । सामाजिक दुरी कायम गरी उपभोक्तालाई अति आव्शयक सामग्री खरीद गर्न का लागि समय सीमा निर्धारण गरिएको कार्यालयले जनाएको छ ।
यस अघि साउन ३२ गते देखि भदौ १५ गतेका लागि लकडाउन गरिएको थियो ।