सिरहा, ३० असोज। सिरहाका विद्युतिय करेन्ट लागेर आज विहिवार अपरान्ह एक युवकको मृत्यु भएको छ। जिल्लाको नरहा गाउँपालिका ५ बलुवा चौकमा पण्डाल खोल्ने क्रममा करेन्ट लागेर विष्णुर गाउँपलिका २ का इन्द्रजित यादवको मृत्यु भएको हो।
बलुवा चौकमा आशुतोष महाराजको भावत तथा भण्डारामा लगाएको पण्डाल खोल्ने क्रममा ३३ किलोवाडको विद्युतिय लाईनमा करेन्ट लागेर मृत्यु भएको वडा अध्यक्ष हुकुमदेव यादवले जानकारी दिए।
उनले पण्डार सोही लाईनको तल बनाइएको रहेछ, कपडा खोलेर बाँस खोल्ने क्रममा एक्कासी करेन्ट लागेको आफूले जानकारी पाएको बताए।
पछिल्ला दिनहरुमा असावधानीका कारण करन्ट लागेर मृत्युहुनेको संख्या दिनानुदिन बढ्दै गएको छ।
शव पोष्टमार्टमको लागि प्रादशिक अस्पताल सिरहामा राखीएको छ। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।























